
महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने हुम्लाका डीएसपी निलम्बित
काठमाडौं – जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।
महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि डीएसपी भट्टराई निलम्बनमा परेका हुन् ।
उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ ।
भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।



कागजपत्र |
