काठमाडौं सफा राख्न काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति


काठमाडौं – काठमाडौं सहरको सरसफाइ र स्वच्छता कायम गर्न काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल ९जीएसजीएस० प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम ९प्रफेसनल लर्निङ कोर्स पिएलसि० उपलब्ध गराउनेछ । तालीम यही फागुन २१ गतेबाट शुरु हुनेछ । कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ ।

तालीम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी ९एआइटी० मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालीम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ ।

महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालीममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् ।

प्रतिक्रिया