‘गर्लफ्रेन्ड’को निहुँमा ‘ग्याङफाइट’का लागि हिँडेका १५ जना पक्राउ


विराटनगर – गर्लफ्रेन्डको निहुँमा ग्याङफाइटका लागि हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट हातहतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कलेजमा पढ्ने एउटै केटीलाई दुई जनाले मन पराएपछि दुई पक्षबीच विवाद भएको थियो ।

ग्याङफाइटका लागि हिँडेका ९ जना १८ वर्षमुनीको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया