निमित्त प्रमुखसहित प्राध्यापकले गरे सामूहिक राजीनामाको निर्णय


काठमाडौं – पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीसहित प्राध्यापकहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्।

पछिल्लो केहीदिन यता क्याम्पस प्रशासन र स्ववियुबीच बढेको विवादका कारण उनीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।

हालको प्रशासनभन्दा गुणस्तरीय रुपमा सञ्चालन गरिदिने बताएपछि यसअघि क्याम्पसका प्राध्यापकहरुले क्याम्पस स्ववियुलाई हस्तान्तरण गरेको विज्ञप्ति जारी गरेका थिए।

बुधबार साँझ भने अहिलेको अवस्थामा क्याम्पस सञ्चालन गर्न आफूहरु असमर्थ भएको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया