भागरथी हत्या प्रकरण सल्टाउने दुई प्रहरी एक तह बढुवा, डिआईजी सुवेदीले लगाइदिए फूली 


काठमाडौं– बैतडीकी किशोरी भागरथी भट्ट हत्या अनुसन्धान सल्टाउने दुई प्रहरी अधिकारीको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बढुवा गरेका दुई जनालाई सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदीले फूली लगाइदिएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो।

बढुवा भएका दुबै जनालाई बिहीबार डिआइजी उत्तम सुवेदीले फूली लाइदिएका हुन्। भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरू पनि पुरस्कृत भएका थिए।

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो।

प्रतिक्रिया