‘भेप’मार्फत् सुन तस्करी प्रकरणः चिनियाँ तस्कर दाओजिन वाङका सवारी चालक पक्राउ


काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ तस्कर दाओजिन वाङका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई राजधानीबाट पक्राउ गरिएको सिआईबी स्रोतले जनाएको छ ।

दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग कृष्णबहादुर महराका छोरा राहुलको ‘कनेक्सन’ देखिएको छ । सिआईबीका अनुसार वाङ र राहुलबिच करिब दुईसय पटक कुराकानी भएको कल डिटेल्स पनि भेटिएको छ ।

यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले थुनामा छन् ।

प्रतिक्रिया