५० हजार घुससहित रूपन्देहीका सशस्त्र प्रहरी निरीक्षक पक्राउ


काठमाडौँ । फर्निचरमा उद्योगलाई काठ मिलाइदिने भन्दै घुस रकम लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियनत्रणमा लिएको छ

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया