

तिलगंगामा गोली चल्यो, एक घाइते

काठमाडौं — काठमाडौंको तिलगंगामा गोली चलेको छ । सोमवार बिहान करीब साढे ११ बजेको समयमा गोली चलेको हो ।
त्यसक्रममा घाइते भएका एक जनालाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्याइएको छ ।
घटनास्थलबाट एउटा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । कसले र किन गोली चलाएको हो भन्ने पुष्टि भएको छैन ।

