प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ


भक्तपुर – भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् ।

मध्यपुरठिमी नगरपालिका-१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठलाई मंगलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया