

मुटुरोग विशेषज्ञ डा. कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने

काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् ।
वीर अस्पतालमा उनले ओपीडी र शल्यक्रिया दुवै सेवा दिनेछन् । ओपीडीमा डा। कोइराला दुई दिन रहने डा. भुपेन्द्र बस्नेतले बताए ।
उनी एक साताअघि मात्र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् । न्याम्समा डा. कोइराला भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध भएको र कक्षा सञ्चालन हुने दिनमा आउने न्याम्सका उपकुलपति डा. बस्नेतले जानकारी दिए ।
उनी यसअघि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०मा कार्यरत थिए । गएको साउन ९ गते उमेरहदका कारण अनिवार्य अवकाश भएका थिए । उनी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत हुन् ।

