सिन्धुपाल्चोकको जुरेमा फेरि झर्न थाल्यो पहिरो


काठमाडौं – सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो झरेको छ । २०७१ सालमा कयौँको ज्यान जानेगरी भिषण पहिरो गएकै स्थानमा आज (सोमबार) बिहान सुख्खा पहिरो झरेको हो।

पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो। पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिबारे कुनै जानकारी आइसकेको छैन। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले २०७१ मा झरेको पहिरोको माथिल्लो भागबाट एउटा ढिस्को खसेको जानकारी दिए।

२०७१ साउन १७ गतेको राति जुरेमा पहाड नै खसेको थियो। राम्चेको इटिनी भिर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया