बझाङमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता


बझाङ – बझाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् ।

जिल्लाको बुङ्गल नगरपालिका-२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन् ।

धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीले धामीको खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया