

ललिता निवास प्रकरण : १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जना मध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पठाउन कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
थुनामा रहेका १८ जनामध्ये एक जना आरोपी केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले १७ जना आरोपीलाई बेग्ला बेग्लै धरौटी माग गरेको छ । व्यवसायी गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
अरु को सँग कति धरौटी माग ?
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार

