ललिता निवास प्रकरणका आरोपी गुरुङसँग २ करोड ४६ लाख धरौटी माग


काठमाडौं – ललिता निवास जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परि हिरासतमा रहेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैसँग माग गरेको धरौटी रकम अलग अलग रहेको छ । यस प्रकरणका १८ जना प्रतिवादीको थुनछेक बहस सकिएसँगै जिल्ला अदालत काठमाडौंले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको छ ।

प्रतिक्रिया