एक हजारका ९५ थान नक्कली नोटसहित ३ जना पक्राउ


हेटौंडा – मकवानपुरको हेटौंडाबाट प्रहरीले नक्कली नोटसहित तीनज नालाई पक्राउ गरेको छ। बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर- १५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयमकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका- ६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया-१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन्। उनीहरुलाई चेकजाँच गर्दा महराको साथबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान फेला पारेको प्रहरीले जनाएको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका- २ बस्ने ४० वर्षीय विजय तामाङबाट उक्त नोट ल्याएको बताएपछि अनुसन्धानको लागि विजयलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीको भनाइ छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया