माधव नेपाल निर्दोष सावित भए, अब प्रश्न उठाउने ठाउँ छैन : प्रधानमन्त्री


पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको बताएका छन् । आज शुक्रबार पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यष प्रचण्डले नेपाललाई सीआईबीले निर्दोष सावित गरेको बताए ।

‘माधवजीको बारेमा पनि धेरै प्रश्नहरू उठे, के हो रु कसो हो रु भनिराखे,” प्रचण्डले भने, “पहिलोचोटि अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो ।’ निर्दोष सावित भइसकेपछि अब प्रश्न उठाउने ठाउँ नै नरहेको उनले बताए । नेपाल निर्दोष सावित भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डले बताए ।

‘औपचारिक ढंगले सावित भयो, अब प्रश्न उठाउने ठाउँ रहेन । किनभने सीआईबीले अन्ततः के हो के हो भनेर बयान त लियो । बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखितरूपमा दिएपछि सधैँको टेन्सन सकियो । माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि । प्रधानमन्त्री हुँदा पनि मलाई टेन्सन थियो, किनभने हामी एउटै मोर्चामा थियौँ । तर, अब टेन्सन रहेन,’ प्रधानमन्त्रीले भने ।

उनले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने र दोषीहरूलाई कारबाही हुने पनि बताए । भ्रष्टाचारविरुद्धको अभियान थालनी गर्दा सरकारलाई दबाब पनि रहेको उनको भनाइ छ ।

सुन काण्डमा माओवादीका नेताहरूको नाम पनि जोडिएको र सीआईबीको प्रतिवेदनमा पनि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोराको नाम उल्लेख थियो । नाम उल्लेख गरिसकेपछि पनि सीआईबीले पक्राउ नगरेर, बयान नलिएर त्यत्तिकै बस्दा जनतामा भ्रम पर्न गएको उनले बताए । उनले उक्त सुन प्रकरणमा माओवादी नेता मात्र नभई आफ्नै संलग्नता देखिए नछोड्न सिआइबिलाई निर्देश गरिएको बताए ।

प्रतिक्रिया