लागूऔषधसहित एक जना पक्राउ


अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ बेडपानीका एक जना लागूऔषधसहित पक्राउ परेका हुन् । हाल गोदावरी नगरपालिका-२ तेघरीमा भाडामा बस्दै आएका २९ वर्षीय निराजन बिष्ट लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुधबार दुई ग्राम ५८६ मिलिग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बिष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया