पाकिस्तानसँग नेपाल २३८ रनले पराजित


काठमाडौैं – एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको मुल्तानमा सम्पन्न पहिलो खेलमा विश्व बरियताको शीर्ष स्थानको पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यान सम्हालिएर खेल्न नसक्दा १०४ रनमै अलआउट भएपछि पाकिस्तानसँग २३८ रनलेृ पराजित भएको हो ।

नेपालका लागि सोमपाल कामी र आरिफ शेखले क्रमशः २८ र २६ रन बनाए भने गुल्सन झाले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् । सोमपाल र आरिफले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।

लगातार बलमा कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई गुमाएपछि सम्हालिन नसकेको नेपालले २३.४ ओभरमा १०४ रन बनाउँदा सबै विकेट गुमायो ।

प्रतिक्रिया