धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ


धनगढी – धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ धनगढी उपमहानगरपालिका-१२ ‘सी’ गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।

१ ग्राम २४ मिलिग्राम लागूऔषध र ८ वटा लागूऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रतिक्रिया