सशस्त्रका एसपी थपलियाको हृदयाघातबाट निधन


काठमाडौ – सशस्त्र प्रहरी बल, नेपालका उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।

पर्साको १३ नम्बर गण प्रमुख रहेका थपलियाको शनिबार दिउँसो १ बजे मृत्‍यु भएको हो ।

एसपी थपलियाको हृदयघातको कारण मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल विक्रम शाहले जानकारी दिए ।

थपलियाको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको एसपी शाहले बताए ।

प्रतिक्रिया