
रिह्याब सेन्टरमा युवकको शंकास्पद मृत्यु, संचालक पक्राउ
काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–९ स्थित रिह्याब सेन्टरमा युवकको शंकास्पद मृत्यु भएको छ । गुरुकुल रिकभरी सेन्टरमा ३४ वर्षीय बन्द बहादुर घर्ती मगरको मृत्यु भएको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–५ घर भएका घर्ती मगरलाई परिवारले २३ साउनमा रिह्याबमा लगेर राखेका थिए । साउन ३१ मा बिहान बिरामी भएको भन्दै रिह्याब संचालकले बन्द बहादुरलाई ग्राण्डी अस्पतालमा लगे । अस्पतालमा पुगेको १५ मिनेटपछि घर्ती मगरको मृत्यु भयो ।
बन्द बहादुरको शरिमा निलडाम र चोटपटक देखिएको उनका बुवा डोल बहादुर घर्तिमगरले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । घटना शंकास्पद देखिएपछि गुरुकुल रिकभरी सेन्टरका संचालक कृष्ण भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।
संचालकलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी वृत महाराजगञ्जका डिएसपी अंगुर जिसीले बताए ।



कागजपत्र |
