

ओलीले मात्रै होइन नेपालमा सबैले संविधान मिचेका छन्ः देउवा

नुवाकोट– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र नभएर नेपालमा सबै नेताले संविधान मिचेको बताएका छन्।
नुवाकोटमा पार्टी कार्यालयको भवन उद्घाटनका क्रममा देउवाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बोल्न पार्टीका नेता डराएको आरोप समेत लगाउँदै शुक्रबार भने,‘कसले मिचेको छैन यहाँ संविधान, सबैले मिचेका छन्। हामीले पनि मिचेका छौं भन्छन् सबै जना।’
उनले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र चुनाव हुनुपर्ने बताउँदै चुनावमा जान नडराउन समेत सुझाव दिए। ‘अहिले मुद्दा अदालतमा छ, पुनःस्थापना भए ठिकै छ नत्र चुनावमा जान किन डराउने’, उनले भने,‘अहिले चुनाव भए अहिले डेढ बर्षपछि भए डेढबर्षपछि जानुपर्छ।’
नेकपाले चुनावको तयारी गरेको बताउँदै चुनाव चिन्हका लागि प्रचण्ड र ओलीको विवादलाई सम्झाउँदै उनले भने,‘चुनावमा नगएर कहाँ जाने?’

