प्रजातन्त्र दिवसमा तेह्र कैदीले पाए आममाफी


चितवन – कारागार कार्यालय भरतपुरमा रहेका १३ जना कैदीले आममाफी पाएका छन् । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भूक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन ।

आमामाफी पाउनेमा सवारी ज्यान मुद्धाका ५ जना, कर्तव्य ज्यान मुद्धाका ४ जना र ज्यान मार्ने उद्योगका ४ जना रहेको काफ्लेले जानकारी दिए । कार्यालयले २६ जनाको सिफारीस गरेकोमा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफि भएको हो ।

सरकारले हरेक बर्ष बिभिन्न अबसरका क्रममा देशभरका कारागारमा रहेको असल चरित्र भएका र ५० प्रतिशत कैद भूक्तान भएकाहरुलाई राष्ट्रपति मार्फत आममाफी दिने गरेको छ । प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संबिधान दिवस र वडा दशैं जस्ता अबसरमा आममाफी दिने गरिन्छ ।

कारागार कार्यालय भरतपरमा अहिले क्षमता भन्दा तेव्वर कैदीवन्दी रहेका छन् । २ सय ५५ जना पुरुष बन्दी गृहमा ६ सय २१ जना र २५ जना महिला बन्दी गृहमा ५७ जना रहेका छन् । उनीहरु संगै तीन जना आश्रीत बालबालिका समेत रहेको काफलेले बताए ।

कैदीबन्दीको चाप वढे संगै बिभिन्न जिल्लामा स्थानान्तरण गरीने गरेको भए पनि कोरोना कहरका कारण यस वर्ष स्थानान्तरण नगरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया