

ट्रकमा मोटरसाईकल ठाेक्किँदा एक जनाको मृत्यु

काभ्रे – ट्रकमा माेटरसाइकल ठाेक्किँदा एक युवककाे मृत्यु भएकाे छ ।
मंगलबार अरनिको राजमार्गस्थित बनेपा १३ भैसेपाटीमा बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ट्रकमा ठोक्किएकाे हाे ।
विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकमा मोटरसाईकल ठाेक्किँदा धुलिखेल नगरपालिका ८ घर भएका २१ वर्षीय अभिषेक न्यौपानेको मृत्यु भएकाे हाे ।
मृतकको शव धुलिखेल अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए ।

