२ जना मृतावस्थामा फेला


काठमाडौं – पाल्पा र बारामा २ जना मृतावस्थामा फेला परेका छन् ।

रोल्पाको माडी गाउँपालिका-६ डोङखोलास्थित माडी खोलामा सोही गाउँपालिका-१ भित्तावाङ बस्ने ४७ वर्षीय कलम सिंह घर्ति मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका(४ मा अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

हाल उनको नाम, थर, वतन खुलेको छैन । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया