यीनै हुन् जापानीसँग जी–माला लुट्ने गिरोहकी जिना लामा


काठमाडौं– काठमाडौं–६ फूलबारीकी ३२ बर्षिया जिना लामा एक बर्षदेखि भारतको नयाँ दिल्लीमा लुकेर बसेकी थिइन्। प्रहरीले उनको खोजीकार्य गरिरहेको थियो। जब उनी त्यहाँ छिन् भन्ने सुराक पायो, एउटा टोली नयाँ दिल्ली हानियो र उनलाई भेट्टायो।

बौद्धमा एक वर्षअघि जापानी नागरिकलाई कुटपिट गरी लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाटको मुख्य अभियुक्त जिना नै रहेको प्रहरीको ठम्याई छ।

लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरले मुद्दा चलाएको छ।

प्रकरणमा संलग्न सेनामा तामाङ, दोर्जे तामाङ, दिनेश कार्की, एकराज तामाङ, आङनिमा शेर्पा, इन्द्रजित तामाङ र कृष्णबहादुर स्याङताङलाई प्रहरीले पक्राउ गरेको थियो। जसको बयानका आधारमा नै जिनालाई प्रहरीले भेट्टाएको हो।

अहिले लामाको बयान लिइरहेको छ। उनको बयानका आधारमा यस घटनामा अन्य व्यक्तिको पनि संलग्नको पुष्टि भएको छ। जसको खोजीकार्य प्रहरीले जारी राखेको छ।

प्रतिक्रिया