ललिता निवास प्रकरणः २ जना हाजिर जमानीमा छुटे


काठमाडाैं – ललिता निवास प्रकरण पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन्।

समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए। उनीहरूलाई बुधबार छाडिएको हो।

पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको एसएसपी आचार्यले बताए।

सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो।

यो प्रकरणमा २२ जना पक्राउ परेकाेमा उनीहरू २ जना छुटेपछि  अब २० जना थुनामा रहेका छन् ।

प्रतिक्रिया