

राजीनामा दिएका वडाध्यक्ष एक महिनापछि फर्किए काममा

दाङ — घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह काममा फर्किएका छन् ।
बजेटको बिषयमा असन्तुष्टि जनाउँदै शाहले गत असार १२ गते राजीनामा बुझाएका थिए । तर उनी सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू एक महिनापछि काममा फर्किएको जानकारी गराएका हुन् ।
शाहले आफ्नै पार्टीका मेयरले आफ्नो वडामा माग गरेअनुरूपका याेजनाका लागि बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि ब्यक्त गर्दै राजीनामा बुझाएका थिए । राजीनामा पत्रमा उनले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गरेका थिए ।
मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत गरेका थिएनन् । मेयर चौधरीले उनलाई पटक पटक काममा फर्कन आग्रह गर्दै आएका थिए । साेही अनुरूप शाह काममा फर्किएको जनाइएको छ ।

