कोरोना विरुद्धको खोप : दोस्रो ‘डोज’ महत्वपूर्ण


काठमाडौं – चिकित्सकले कोरोना विरुद्धको खोपको दोस्रो डोज पहिलोभन्दा महत्वपूर्ण हुने बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले पहिलाे भन्दा दोस्रो डोज लगाएपछि मात्रै शरीरमा राम्रो एन्टिबडी बन्ने बताएका हुन्।

उनले भने, ‘अहिले धेरैले पहिलो डोज खोप मात्रै लगाउनुभएको छ। हाम्रोमा अझै दोस्रो डोज खोप सुरु भएको छैन, दोस्रो डोज नलगाउँदासम्म खोपले राम्रोसँग काम नगर्न सक्छ।’ खोप लगाएको दुईदेखि ४ हप्तापछि मात्रै खोपले काम गर्ने पनि उनले बताए।

यस्तै डा बाँस्तोलाले कोरोनाविरुद्ध खोपमा धेरैमा भ्रम रहेकाले त्यसमा नपर्न उनले सुझाव पनि दिए। भने ‘बर्सेनि निमोनियाविरुद्ध खोप लगाउने गर्छन् तर ती खोपको प्रभावकारिता कति छ भनेर कहिल्यै खोजिँदैन। तर यी खोपको प्रभावकारिता ६० प्रतिशतभन्दा बढी छ ।’

प्रतिक्रिया