यीनै हुन् भागरथी हत्याका मुख्य अभियुक्त दिनेश, ‘दिदीलाई मारिदिएँ’


काठमाडौं– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीले म्याद थपेको छ।

थप अनुसन्धानका लागि बुधबार म्याद थपेको प्रहरीले जनाएको छ। हत्या आफूले गरेको भनी दिनेशले साबिती बयान दिएका थिए। पारिवारिक प्रतिशोध साँध्नका लागि उनले भागरथीको हत्या गरेको बयान दिएका थिए।

तस्बिरमा देखिने कलिलो अनुहार उनै दिनेशको हो।

भागरथीलाई उनले ‘दिदी’ भनी सम्बोधन गरी बयान दिएको प्रहरी उच्च स्रोतले जनायो। उनले भागरथीको हत्या गर्ने उद्देश्य राखेको पनि बयान दिने क्रममा प्रहरीलाई भने,‘दिदीलाई मारिदिएँ।’

प्रहरीले अनुसन्धान, अभियुक्तको खोजीनीति र घटनामा उनको संलग्नताको पुष्टिबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदैछ।

प्रतिक्रिया