९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ


धादिङ – धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी छिन् ।

ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात् बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्न भन्दै उनले घुस मागेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले गंगाजमुना गाउँपालिका– ५ धादिङस्थित उनको डेराबाट ९५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।

मन्त्रिपरिषद्का ज्यादै कम निर्णय मात्र नीतिगत निर्णय हुन्छन् अरू निर्णय सामान्य प्रकृतिका हुन्छन् । त्यस्ता निर्णयको कारणले भ्रष्टाचार भएमा आयोगले सम्बद्ध सबै कागजातउपर छानबिन गर्न र सबै पदाधिकारी र कर्मचारीउपर अनुसन्धान गर्न सक्छ र अव त्यसमा आयोग पछि हट्नु हुँदैन

प्रतिक्रिया