ललिता निवास प्रकरणको मुद्दाको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’ मा


काठमाडौं – ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये ४ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ लगातार चौथो दिन हेर्दाहेर्दैमा टुंगिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा भइरहेको बहसमा भ्याकेटको बहस सुरू भएको छ । यसअघि बन्दी प्रत्यक्षीकरणको रिटमा चारजना निवेदकको तर्फबाट बहस सुरू भएको थियो । त्यसपछि सरकारी वकिलले बहस सुरू गरेका थिए । उनीहरूले भ्याकेटका सन्दर्भमा बहस गरेका थिए ।

सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिइएका १७ जनाको हकमा भ्याकेट दर्ता भएको थियो । तीनै १७ जनाको तर्फबाट बुधबार बहस सुरू भएको छ ।

प्रतिक्रिया