

साँगा यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित सातजना घाइते

काठमाडौं – भक्तपुरको साँगामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बा।३ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको हो।
बस पुलमुनि भिरबाट तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी प्रजित केसीले बताए । घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

