


काठमाडाैंबाट धुलिखेल जाँदै गरेकाे बस साँगामा दुर्घटना, ७ जना घाइते

काठमाडौं – काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।
साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बस खसेको बनेपा प्रहरीले जनाएको छ ।
बा. ४ ख ९३९६ नम्बरको बस सडकबाट खस्दा ७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले बताए । घाइतेको अवस्था सामान्य छ ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ ।
प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।

