सिनामंगलमा शंकास्पद वस्तु राख्ने पक्राउ


काठमाडौँ – सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्सको सटरमा शंकास्पद वस्तु राख्ने एक जना पक्राउ परेका छन् ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

त्यसैगरि उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको बताएको हो ।

प्रतिक्रिया