

देवीनगरको भद्रकुमारी घले आश्रममा डोजर चलाउँदै महानगर

काठमाडौं – काठमाडौंको घट्टेकुलो क्षेत्रमा रहेको भद्रकुमारी घले आश्रममा रहेका ६ वटा भवनमा काठमाडौं महानगरले डोजर चलाउने भएको छ ।
५ रोपनी १२ आना क्षेत्रफलमा रहेका संरचना अवैध रहेकोले भत्काउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
आश्रमका घरमा रहेका सटर खाली गरिसकिएको छ भने स्कुललाई अन्यत्र सार्ने तयारी रहेको भद्रकुमारी शिक्षा सदनलाई अन्यत्र सार्ने तयारी रहेको पाण्डेले बताए । समाजसेवी घलेले नै अनधीकृत संरचना अटाउन अनुमति दिएको पाण्डेले बताए ।
अनधीकृत संरचना आजैदेखि भत्काउने काम शुरू गरिने पाण्डेले बताए । महानगरको प्रहरी टोली अहिले भद्रकुमारी आश्रममा पुगेको छ । ३ दिनअघि संरचना खाली गर्न महानगरले सूचना दिएको थियो ।

