हुप्सेकोटमा १० शैय्याको कोभिड अस्पताल सञ्चालनमा


हुप्सेकोट – नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले संक्रमितलाई उपचार नगर्ने घोषणा गरेलगत्तै गाउँपालिकाले गाउँपालिकाका संक्रमितलाई लक्षित गदै अस्थायी कोभिड अस्पताल सञ्चालन ल्याइएको जनाइएको छ । उक्त अस्थायी अस्पतालको गाउँपालिकाकी प्रमुख लक्ष्मी देबी पाण्डेले बुधबार गरेकी छिन् ।

गाउँपालिकाले हुप्सेकोट–१ बेलुवा स्थित कृषि उपज केन्द्रको भवनमा निर्माण गरेको १० शैया क्षमताको कोभिड अस्पतालको उदघाटन गर्दै अध्यक्ष पाण्डेले गाउँपालिका भित्रका संक्रमितको उपचारमा सहजता होस भनि अस्पताल निर्माण गरिएको जानकारी दिईन् । पाण्डेका अनुसार कुनै पनि लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमितलाई कोभिड अस्पतालमा छुट्टाछुट्टै ब्लक बनाएर राखिनेछ भने पुर्ण लक्षण देखिएका संक्रमितलाई गाउँपालिकाले सुबिधा सम्पन्न अस्पतालमा उपचारका लागि सहजीकरण गर्नेछ ।

पाण्डेले आफ्नो कार्यकालमा गाउँबासिको स्वास्थ्य सहजताका लागी १२ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माणको योजना रहेको पनि बताईन । कोभिड अस्पतालमा अनुभवी स्वास्थ्यकर्मिहरु उपचारमा संलग्न हुने गाउँपालिकाले जनाएको छ । जसका लागि गाउँपालिकाले डाक्टर तथा नर्सका लागि आबेदन खुला गरिसकेको बताईएको छ ।

हाललाई देउराली स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार हाल गाउँपालिका भित्र ४ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया