उपभोक्ता समितिको साढे ६ लाख लुटेको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । वडाध्यक्ष विष्टल उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो ।

बिहीबार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको भन्दै प्रहरीमा गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले बताए ।

वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लुटेका हुन् ।

उनीहरुले काम सिध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले बताइन् । वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

प्रतिक्रिया