

अवरोधबीच पारित भयो विनियोजन विधेयक

रुपन्देही – लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच विनियोजन विधेयक पारित गरिएको छ ।
दोस्रो अधिवेशनको १५ औं बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
एमाले सांसदहरुले नारा लगाइरहेका बेला सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरेका थिए।
आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्न्धबमा व्यवस्था गर्न बनेको विधेयक पारितका लागि निर्णयार्थ पेस गर्ने क्रममा रोष्ट्रम घेराउ गरिएको थियो ।

