प्रहरीका असईमाथि शोषण, सेनाका सेकेन्ड लेफ्टिनेन्ट जस्तै सुविधा मागसहित सर्वोच्चमा रिट


काठमाडौं– नेपाल प्रहरीका सहायक निरिक्षक (असई)माथि पञ्चायतकालदेखि नै नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्टको तुलनामा शोषण भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

प्रहरीका पूर्व बरिष्ठ उपरिक्षक (एसएसपी) गणेश रेग्मीले प्रमाणपत्र तह वा बाह्र कक्षा पास गरेर नेपाली सेनामा अधिकृत हुने, निजामती सेवामा नायव सुब्बा हुने तर प्रहरीमा खरिदार मात्र हुने गरि भएको असई नियुक्तिको व्यवस्था बिभेदकारी रहेको जिकीर गरेका हुन्।

समानतामूलक व्यवस्था गर्न रिटमा माग गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको रिटमा संविधानको धारा १६ (१), सम्मानपूर्वक बाच्न पाउने हक, धारा १८ (१) , समानताको हक र (२), कुनै पनि आधारमा भेदभाव नगरिने हक, धारा २४, पेशा र व्यवसायको आधारमा भेदभाव नगरिने हक, धारा २५, सम्पत्ति आर्जन गर्ने हक, धारा २९ (१) र (२), कुनै संस्कार र प्रचलनको आधारमा गरिने शोषण विरुद्धको हकको जिकीर गरिएको छ।

यस्तै, धारा ३४ (१), श्रमको हक र (२), उचित पारिश्रमिक र सुविधाको हक समेतका नैसर्गिक मौलिक हकमा असर परेको कुरा उल्लेख छ ।

हेर्नुहोस् रिट विवरण

 

प्रतिक्रिया