बसका सहचालक मृत फेला, आफन्तले गरे सडक अवरोध


दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिकामा बसका सहचालक मृत फेला परेका छन्।

कालिञ्चोक गाउँपालिका-४ को दोलखा सिँगटी सडक खण्डको बञ्चरेमा बा २ ख ८३९ नम्बरको बसका सहचालक गौरीशंकर गाउँपालिका–३ महताराका ४५ वर्षीय नारायणबहादुर खत्री मृत अवस्थामा शुक्रबार फेला परेको प्रहरीले जनाएको छ।

बसभित्र टाउको र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहीबार बस काठमाडौंबाट आएर बन्चरेमा बास बसेको थियो भने बसका कर्मचारी पनि त्यही बसेका थिए।

सहचालकसहित ४ जना कर्मचारी थिए। घटनापछि प्रहरीले सो बसका चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। मृतकका आफन्तले सहचालकको हत्या भएको भन्दै छानबिनको माग गरेर सिँगटी–चरिकोट सडक अवरुद्ध पारेका छन्।

प्रतिक्रिया