

२८ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

भरतपुर – नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि एकतर्फी सञ्चालन आएको छ। बिहीबार दिउँसो १ बजेदेखि अवरुद्ध सडक आज साँझ सवा ५ बजेपछि सञ्चालनमा आएको हो।
सो सडक खण्डको इच्छाकामना गाउँपालिका-५ को तीन किलोमा पहिरो खसेपछि सडक बन्द भएको थियो।

