ललिता निवास प्रकरणका आरोपीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देऊ आदेश


काठमाडौं – सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालको एकल इजलासले उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले पक्राउ गरेको थियो ।

उनीहरुले बिहीबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । उनीहरुलाई शुक्रबार अर्थात १३ गते काठमाडौं जिल्ला अदालतमा अदालतमा पेस गरिएकामा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया