
ललिता निवास प्रकरणः एआईजी बज्राचार्य भन्छिन्, ‘कुनै दबाब छैन’
काठमाडौं – प्रहरीले ललिता निवास अनुसन्धानमा कुनै दबाब नरहेको बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै अनुसन्धानमा कुनै दबाब नरहेको जनाएको हो ।
ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले अनुसन्धानमा कुनै पनि दबाब र प्रभाव नरहेको भन्दै प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गरिरहेको जानकारी गराइन् । उनले यस मुद्दामा हदम्याद नहुने भएकाले अनुसन्धान जारी रहने बताइन् ।
‘चलखेल गर्ने पक्ष पनि होलान्,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘उनीहरुलाई जवाफ दिने यथेष्ट आधार र प्रमाण छन् ।’
ललिता निवास प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो ।
तीमध्ये तीनजना रिहा भएका छन् भने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।



कागजपत्र |
