दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु


दाङ – दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय समीर केसीको चट्याङबाट मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिवार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरी रहेको समयमा शनिवार अपराह्न पख चट्याङ लागेको थियो।

 

प्रतिक्रिया