लालबहादुर कुँवर सर्वोच्चको मुख्य रजिस्ट्रारमा नियुक्त


काठमाडौं – सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । सर्वोच्चकै रजिस्ट्रारमा कार्यरत कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् । माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो ।

माघ २५ गते न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै माघ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा र निर्मला पौडेललाई रजिस्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया