एकैदिन प्रतितोला साढे १० हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो ।

प्रतिक्रिया