पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता


काठमाडौं – फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध ३–० गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध ३–० गोलको अग्रता बनाएको हो ।

ब्राजिलका लागि म्याथियस कुन्हा खेलको २३औं र ३६ औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाएका हुन् । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा १ गोल थप्दै खेललाई ३–० गोलले अगाडि बढाए ।

जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।

यसअघि १२औँ मिनेटमा ब्राजिलका राफिन्हाले गरेको गोल अफसाइड भएको थियो । यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।

 

प्रतिक्रिया