सर्पको टोकाइबाट बालिकाको मृत्यु


ढल्केवर – धनुषामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बटेश्वर गाउँपालिका–१ चित्रपुरका श्रीलाल महतोकी पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतो रहेको प्रहरीले जनाएको छ।

घरमा सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो। उपचारका लागि सिरहाको बन्दीपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि बचाउन नसकिएको मृतक बालिकाकी बुवा श्रीलाल महतोले बताए।

तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण सर्पदंशको जोखिम बढ्दो छ।

प्रतिक्रिया