

सरकारले ल्याएको बजेट पास हुन नदिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – सत्ता गठबन्धन घटक नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित हुन नदिने निर्णय गरेको छ ।बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्दै बजेट नसच्याए पास हुन नदिने निर्णय गरेको हो ।
असन्तुलित बजेटलाई सन्तुलित बनाएरमात्र मात्र बजेट पास गर्न सकिने बैठकको निष्कर्ष छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए ।
बजेटलाई लिएर सत्तारुढ दलकै नेपाली कांग्रेस, जनता समाजवादी दलहरुले पनि विरोध गरिरहेका छन् । संशोधन नगरी बजेट पास गर्न नसकिने अडान राखेका छन् ।

